Join our Channel

चितवन हुँदै सवारी साधन आवागमनमा रोक, प्रशासनको निर्णय

चितवन हुँदै सवारी साधन आवागमनमा रोक, प्रशासनको निर्णय

लगातार भारी वर्षाका कारण चितवन हुँदै चल्ने सबै प्रकारका सवारी साधनहरूमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरकारका निकाय र सरोकारवालाबीचको आपतकालीन बैठकले यो निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा भनिएको छ —

“रातीदेखि भइरहेको भारी वर्षाको कारण नारायणगढ–मुग्लिङ–नागढुंगा सडकखण्डमा पहिरो गएको र असोज १९ र २० गतेसम्म निरन्तर वर्षा हुने पूर्वानुमान भएकाले अत्यावश्यकबाहेकका सबै सवारी साधनको आवागमन अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।”

प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहका उद्धार टोलीहरूलाई सतर्क अवस्थामा राख्ने निर्णय पनि गरेको छ। साथै, यात्रुहरूलाई चितवन हुँदै काठमाडौं वा अन्य जिल्लातर्फ यात्रा नगर्न आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत पहिरो र बाढीको जोखिम उच्च रहेको चेतावनी दिएकाले प्रशासनले सडक आवागमन बन्द गर्ने निर्णयलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो।

Leave a comment