
लगातार वर्षापछि आएको बाढीले काठमाडौंका खोला किनारका बस्तीहरू प्रभावित बनाएको छ। काठमाडौं महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिएको छ।
महानगर प्रमुख बालेन्द्र शाह (Balen Shah) का अनुसार बाढीको जोखिममा रहेका बस्तीका स्थानीयहरूलाई चार वटा विद्यालयमा अस्थायी आश्रयको व्यवस्था गरिएको छ।
- विश्व निकेतन मावि, त्रिपुरेश्वर: ७० जना
- गुह्येश्वरी मावि: ५२ जना
- जन विकास मावि, कुलेश्वर: ५२ परिवारका २५१ जना
- महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकु: २० जना
महानगरको शिक्षा विभागले आवश्यक परेमा थप ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थलको व्यवस्था गर्न सकिने जनाएको छ।
उद्धार गरिएका नागरिकहरूको लागि खानेपानी, खाना र बसोबासको व्यवस्था स्वयं महानगरले गरिरहेको छ। साथै, महानगरले समस्या परेमा निम्न नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ —
०१६६००१०५५११, ०१५९०१७६४, ०१५९०१७६३