
नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो पार्टीले पुस्तान्तरण प्रक्रिया सुरु गरिसकेको दाबी गरेका छन्।
दाहालका अनुसार, हालैको जेन–जी आन्दोलनको मनोविज्ञानलाई आत्मसात गर्दै माओवादी केन्द्रले संगठनभित्र सांस्कृतिक रूपान्तरण, संगठनात्मक शुद्धिकरण र पुस्तान्तरणको प्रक्रिया अघि बढाइरहेको छ।
बडादसैंको अवसरमा दिइएको शुभकामना सन्देशमा दाहालले भने,
“हाम्रो पार्टीले जेन–जीका मागलाई समर्थन गर्दै संगठनात्मक र सांस्कृतिक सुधारमार्फत पुस्तान्तरणको प्रक्रिया थालिसकेको छ।”
उनले माओवादीले विगतमा उठाउँदै आएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका मुद्दा अझै अधुरै रहेको जिकिर गर्दै, त्यही मुद्दा अहिले फेरि जेन–जी आन्दोलनमार्फत मुखरित भएको बताए।