
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी बडादसैं पर्वका अवसरमा आफ्ना नेताकार्यकर्तालाई शुभकामना पत्र बाहेक अन्य कुनै उपहार नलिन निर्देशन दिएको छ।
पार्टी प्रवक्ता मनिष झाले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन सार्वजनिक गरेका हुन्।
यससँगै विज्ञप्तिमार्फत पार्टीका निवर्तमान सांसदहरूलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा तत्काल बुझाउन भनिएको छ।
त्यस्तै, हालै जेन–जी आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भएकाले मुलुक शोकमा रहेको भन्दै, यस पटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न–नगराउन सबै तहका नेताकार्यकर्तामा आग्रह गरिएको छ।