Join our Channel

दरबारमार्गबाट लुटिएको गोलीसहित दुई किशोर काठमाडौंमा पक्राउ

दरबारमार्गबाट लुटिएको गोलीसहित दुई किशोर काठमाडौंमा पक्राउ

दरबारमार्ग प्रहरी वृत्तबाट भदौ २४ गते लुटिएको पेस्तोलका गोलीसहित दुई किशोर पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ पर्नेमा बर्दियाको बढैया गाउँपालिका–३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापा मगर रहेका छन्।

प्रहरीका अनुसार, शुक्रबार काठमाडौंको नरेफाँट क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा गिरीले दरबारमार्गबाट लुटिएको ३ थान पेस्तोलका गोली लाजिम्पाटमा लुकाएको स्वीकार गरेका थिए। प्रहरी टोलीले उनको डेरामा खोजतलासी गर्दा ३११–२३ लेखिएको पेस्तोलका ३ थान गोली बरामद गरेको जनाएको छ।

गिरीको बयानका आधारमा सोनम थापा मगरको खोजी गर्दा, उनको मालिगाउँस्थित डेरामा २ थान गोली र छालाको पेटी बेल्टको बक्कल समेत फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै किशोरलाई जरुरी पक्राउ पुर्जी जारी गरी थप अनुसन्धानका लागि दरबारमार्ग प्रहरी वृत्त पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

Leave a comment