
महान पर्व बडादसैंको अवसरमा काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन्। दसैं–तिहार मनाउन सर्वसाधारण गाउँ फर्किएपछि सामान्यतया जामले भरिने उपत्यकाका सडक खाली देखिएका हुन्।
आज महानवमीको दिन बिहानैदेखि सडकमा सवारीसाधनको चाप कम छ भने फाट्टफुट्ट मात्र मानिस देखिएका छन्। सार्वजनिक यातायात र निजी गाडी थोरै चले पनि मुख्य सडकमा सामान्य चहलपहल मात्र देखिन्छ।
सहरका प्रमुख बजार क्षेत्र न्युरोड, असन, एनएसी, भद्रकाली, बानेश्वरलगायतका स्थानमा अधिकांश पसल बन्द छन्। हिँडडुल गर्ने मानिस पनि न्यून भएकाले सामान्यतया भीड हुने काठमाडौं अहिले शून्यजस्तै देखिएको छ।