Join our Channel

दशैं मनाउन प्रचण्ड आए सिन्धुपाल्चोक

दशैं मनाउन प्रचण्ड आए सिन्धुपाल्चोक

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस वर्षको दशैं सिन्धुपाल्चोकमा मनाउन आएका छन्।

राजधानीबाहिर दशैं मनाउने उनको इच्छाअनुसार मंगलबार प्रचण्ड सपरिवारसहित सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीस्थित बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालको घरमा पुगेका हुन्।

दशैं मनाउन प्रचण्ड छोरी रेणु दाहाल, गंगा दाहाल र ज्वाइँहरूसहित आएका छन्। परिवारसहित उनी दशैंभर दुलालकै घरमा बस्ने जनाइएको छ।

यद्यपि, दशैं मान्न आएको भन्दै प्रचार भए पनि प्रचण्डको सिन्धुपाल्चोक भ्रमणलाई राजनीतिक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको बताइन्छ।

Leave a comment