Join our Channel

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि उपकुलपति र रजिष्ट्रार पदमा आवेदन खुला गरेको छ।

मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार, विश्वविद्यालय ऐन, २०८२ बमोजिम नियुक्ति गर्नका लागि योग्य उम्मेदवारहरूबाट आवेदन मागिएको हो। इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदनसहित अवधारण र रणनीतिक पत्र पनि पेस गर्नुपर्नेछ।

साबिक गेटा मेडिकल कलेज नै हालको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय हो।

योग्यता विवरण :

उपकुलपतिका लागि :

  • मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित विधामा विद्यावारिधि (PhD), डीएम, एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने।
  • कुनै विश्वविद्यालयमा प्राध्यापक पदमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने।

रजिष्ट्रारका लागि :

  • मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने।

मन्त्रालयले योग्य र अनुभवी व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको छ।

Leave a comment