Join our Channel

दोलखामा मतदानस्थलमा विवाद, स्थिति नियन्त्रणका लागि हवाई फायर

दोलखामा मतदानस्थलमा विवाद, स्थिति नियन्त्रणका लागि हवाई फायर

दोलखाको एक मतदान केन्द्रमा मतदानका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

जिल्लाको मालु मतदान केन्द्रमा मतदान भइरहेका बेला केही व्यक्तिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो। सोही अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार स्थिति नियन्त्रणमा लिनका लागि हवाई फायर गरिएको हो। उनका अनुसार घटनापछि अवस्था सामान्य बन्दै गएको छ।

हाल उक्त स्थानमा सामान्य नाराबाजी भइरहेको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको प्रशासनले जनाएको छ। मतदान प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन बढाइएको छ।

प्रशासनले परिस्थितिको निरन्तर निगरानी भइरहेको जानकारी दिँदै मतदातालाई संयमता अपनाउन आग्रह गरेको छ।

Leave a comment