Join our Channel

डोटीमा बिहान ११ बजेसम्म १५.२% मतदान, १९ हजारभन्दा बढी मत खस्यो

डोटी जिल्लामा जारी मतदानअन्तर्गत बिहान ११ बजेसम्म १५.२ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर हालसम्म १९ हजार ५४४ मत खसेका छन्। जिल्लाका सबै १८० वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नवराज ढुङ्गेलका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। सुरक्षा व्यवस्थालाई कडा पारेर मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए।

निर्वाचन कार्यालयका अनुसार हालसम्म मतदान गर्नेमा १० हजार ६६८ महिला मतदाता रहेका छन् भने ८ हजार ८७६ पुरुष मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

मतदान प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन भइरहेको र दिनभर मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा गरिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।

Leave a comment