Join our Channel

एसियन हाइवेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

एसियन हाइवेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

झापामा निरन्तरको भारी वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षासँगै पानीको बहाव बढेपछि निर्माणाधीन एसियन हाइवेको डाइभर्सन बगाउँदा सवारीसाधनहरूको आवागमन ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएर माथिबाट पानी बगिरहेको ट्राफिक प्रहरी प्रमुख गणेश पौडेलले जानकारी दिए। त्यस्तै, माइधार र दुधेबीचको भोला खोलाको डाइभर्सन पनि बगाउँदा यात्रुहरू अलपत्र परेको जनाइएको छ।

डाइभर्सन बगाउँदा साना दूरीका सवारीसाधन कहिलेकाहीं चलाइए पनि लामो दूरीका सवारीसाधन रोकिएको प्रहरीको भनाइ छ। पौडेलका अनुसार, लामो दूरीका सवारी साधनहरूलाई हिजैदेखि सञ्चालनमा रोक लगाइएको थियो।

स्थानीय प्रशासनले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ भने डाइभर्सन पुनःनिर्माणका लागि सडक विभाग र निर्माण कम्पनी परिचालनमा रहेको जनाइएको छ।

Leave a comment