Join our Channel

त्रिविमा २७५ उपप्राध्यापक माग्दा ९१ मात्रै उत्तीर्ण, १८४ पद खाली

त्रिविमा २७५ उपप्राध्यापक माग्दा ९१ मात्रै उत्तीर्ण, १८४ पद खाली

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका लागि खुलाएको २७५ उपप्राध्यापक पदमध्ये केवल ९१ पदमा मात्र स्थायी नियुक्ति हुने भएको छ। बाँकी १८४ पद रिक्त रहने निश्चित भएको छ।

सेवा आयोगका प्रशासकीय प्रमुख विष्णु अर्यालका अनुसार परीक्षा समग्रमा कठिन भएको र पासदर अत्यन्तै न्यून रहँदा धेरै पदहरू रिक्त रहने अवस्था आएको हो। “कतिपय विषयमा माग भन्दा बढी परीक्षार्थी सहभागी भए पनि उत्तीर्ण नहुनु चिन्ताको विषय हो,” अर्यालले भने।

शून्य प्रतिशत पास भएका विषयहरू

कानुन, सूचना प्रविधि, कम्प्युटर एप्लिकेसन, इतिहास, खेल विज्ञान, परामर्श मनोविज्ञान, हिन्दी, मैथिली, विज्ञान शिक्षा लगायतका विषयमा एक जना पनि पास हुन सकेनन्।

उदाहरणका लागि, कानुन विषयमा २२ जना माग भए पनि ३० जना परीक्षार्थी सहभागी हुँदा पनि कोही उत्तीर्ण भएनन्। यस्तै इतिहास, कम्प्युटर एप्लिकेसन जस्ता विषयमा पनि स्थिति उस्तै रहेको छ।

सबैभन्दा धेरै माग भएर पनि थोरै पास भएका विषयहरू

  • व्यवस्थापन: ७५ पद माग्दा ५ जना मात्र उत्तीर्ण
  • अंग्रेजी: २५ पद माग्दा ७ जना उत्तीर्ण
  • अर्थशास्त्र: १५ पद माग्दा १२ जना उत्तीर्ण
  • अंग्रेजी शिक्षा: १४ पद माग्दा १२ जना उत्तीर्ण
  • समाजशास्त्र: १२ पद माग्दा ११ जना उत्तीर्ण

अझै निराशाजनक परिणाम भएका विषयहरू

  • गणित शिक्षा: ८ जना माग्दा २ जना मात्र उत्तीर्ण
  • जनप्रशासन: ८ पदमध्ये १ जना मात्र उत्तीर्ण
  • नेपाली शिक्षा: ८ पदमा ३ जना मात्र पास

नतिजा कहिलेकाको हो?

सेवा आयोगले यो नतिजा २०७७/०७८ सालमा प्रकाशित विज्ञापनअनुसार हालै सार्वजनिक गरेको हो।

Leave a comment