Join our Channel

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित, अब राष्ट्रिय सभामा

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित, अब राष्ट्रिय सभामा

संघीय निजामती सेवा सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त निर्धारण गर्न तयार पारिएको यो विधेयक आइतबारको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८०’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावमा छलफलपछि विधेयक बहुमतले पारित गरिएको हो।

यसअघि असार ३ गतेको बैठकमा विधेयक पारित गर्ने कार्यसूची तय भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो।

अब यो विधेयक राष्ट्रिय सभामा पेस गरिनेछ। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा फिर्ता आएपछि सभामुखले प्रमाणित गर्नेछन्। सभामुखको प्रमाणीकरणपछि विधेयक राष्ट्रपतिसमक्ष पेस हुनेछ। राष्ट्रपतिको प्रमाणीकरणपछि यो विधेयक कार्यान्वयनमा आउनेछ।

Leave a comment