Join our Channel

सल्यान गाडी दुर्घटनाका गम्भीर घाइते एक वृद्धको मृत्यु

सल्यान गाडी दुर्घटनाका गम्भीर घाइते एक वृद्धको मृत्यु

सल्यानमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। कुमाख गाउँपालिका–४ का ७३ वर्षीय कलिभान रानाको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए।

नेपालगञ्जबाट सल्यानको रागेचौर हुँदै रुकुम पश्चिम चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी कुमाख गाउँपालिका–२ बराईज्युला नजिकै अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
यस दुर्घटनामा १५ जना सवार रहेका थिए, जसमा १५ नै घाइते भएका थिए।

१३ जनाको कोहलपुरमा उपचार जारी

घाइतेमध्ये १३ जनाको नेपालगञ्ज नजिकै रहेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना गाडी अनियन्त्रित भई भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक खत्रीले बताए।

Leave a comment