Join our Channel

श्रीमतीको हत्या गरी आफैं प्रहरीलाई खबर गरे ठाडाले

श्रीमतीको हत्या गरी आफैं प्रहरीलाई खबर गरे ठाडाले

सुर्खेतको वीरेन्द्रनगरमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेर प्रहरीलाई आफैं फोन गरी पक्राउ गर्न बोलाएका छन्। वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा बस्दै आएका ४२ वर्षीय दानसिंह ठाडाले आइतबार बिहान करिब १ बजे आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका हुन्।

हत्या पछि ठाडाले घरको ठेगानासहित प्रहरीलाई फोन गरेर आफूले हत्या गरेको स्वीकृति दिएका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली घटनास्थलमा पुगेको थियो र ठाडालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ठाडाले चिर्पटले प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढाथोकीले जानकारी दिएका छन्।

Leave a comment