
झापाको कमल गाउँपालिका–७ रंगपुरस्थित केराबारी क्षेत्रमा ठूलो संख्यामा गोली फेला परेको छ। इलाका प्रहरी कार्यालय दमकका अनुसार ५५ राउन्ड एसएलआर राइफलका गोलीहरू सेतो बोरामा लुकाइराखिएको अवस्थामा भेटिएका छन्।
स्थानीय बासिन्दा ५५ वर्षीय गंगाप्रसाद पाण्डेले गएराति बोरामा गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए। पाण्डेको सूचनाका आधारमा आज बिहान इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बोराभित्र लुकाइएका गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीले उक्त गोली कसले र किन त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुमान अनुसार ती गोली कुनै हतियार समूह वा तस्करी नेटवर्कसँग सम्बन्धित हुन सक्ने बताइएको छ।