Join our Channel

ओलीसहित ५ जनालाई विदेश भ्रमण रोक्का गर्न आयोगको पत्राचार

ओलीसहित ५ जनालाई विदेश भ्रमण रोक्का गर्न आयोगको पत्राचार

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना उच्च पदस्थ व्यक्तिलाई विदेश भ्रमणमा रोक लगाउन जाँचबुझ आयोगले पत्राचार गरेको छ।

आयोगले विदेश जान नपाउने सूचीमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा, र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत समावेश गरेको हो।

आयोगका सदस्य विज्ञान राज शर्माका अनुसार, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको अनुसन्धान दायरामा उनीहरू रहेका कारण जुनसुकै बेला पनि आयोगमा उपस्थित हुनुपर्ने हुन्छ। त्यसैले विदेश भ्रमण मात्र नभई उपत्यका छाड्न पनि रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको उनले बताए।

उक्त आन्दोलनका क्रममा करिब ७५ जनाको मृत्यु भएको थियो। ठूलो धनजनको क्षति भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए। त्यसपछि जेनजी समूहकै दबाबमा नयाँ सरकार बनेको हो।

जेनजी समूहले नै आयोगलाई पाँच जनालाई उपत्यका छाड्न रोक लगाउनुपर्ने माग गरेको र त्यसैअनुरूप निर्णय भएको बताइएको छ।

Leave a comment