Join our Channel

सुनको मूल्य एकैदिन ८ हजार ५ सयले बढ्यो

सुनको मूल्य एकैदिन ८ हजार ५ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ८ हजार ५ सय रुपैयाँले बढेर २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सुन २ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो। यसरी एकैदिनमा सुनको मूल्यमा आएको तीव्र वृद्धि पछिल्लो समयको सबैभन्दा ठूलो वृद्धिको रूपमा देखिएको हो।

सुनसँगै चाँदीको मूल्य पनि उच्च बिन्दुमा पुगेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँ निर्धारण गरिएको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो आर्थिक अनिश्चितता, मध्यपूर्वमा बढ्दो तनाव र अमेरिकी डलरमा आएको उतार–चढावले सुन–चाँदीको मूल्यमा तीव्र प्रभाव पारेको हो।

Leave a comment