
साताको पहिलो दिन सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा रु २,४१,९०० मा कारोबार भइरहेको छ, जुन गत सोमबारको तुलनामा ११,६०० रुपैयाँले कम हो।
गत सोमबार तिहार विदाअघि सुनको मूल्य २,५३,५०० रुपैयाँ प्रति तोला रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर आज रु ३,०१५ प्रति तोला पुगेको छ, जुन गत सोमबार रु ३,२८० को तुलनामा २६५ रुपैयाँले घटेको हो।
यस मूल्य गिरावटले सुनचाँदी खरिद गर्न चाहने ग्राहकहरूलाई आकर्षित गर्न सक्ने देखिन्छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४,११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।