Join our Channel

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

हाल देशभर विशेष उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि देखिएको छ।

त्यसैगरी, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave a comment