Join our Channel

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय भएको तालिका देशको वर्तमान अवस्थाका कारण परिमार्जन गरी नयाँ मिति तोकिएको हो।

बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा हुनेछ। एक विषयमा मात्र परीक्षा दिने विद्यार्थीले सोही दिन परीक्षा दिनेछन् भने दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ।

असोज ८ गते भने दुई विषय दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। तर, सो दिन अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा भने सञ्चालन नहुने बोर्डले स्पष्ट पारेको छ।

बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको र परीक्षा तोकिएकै मिति र केन्द्रमा सञ्चालन हुने जानकारी दिएको छ।

Leave a comment