Join our Channel

प्रधानमन्त्री ओलीको भनाइ : “स्वास्थ्य विज्ञानको सुरुवात नेपालमै भएको हो”

प्रधानमन्त्री ओलीको भनाइ : "स्वास्थ्य विज्ञानको सुरुवात नेपालमै भएको हो"

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञानको सुरुवात नेपालबाटै भएको उल्लेख गरेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने, “यो नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको भूमि हो। हामीले यसलाई अझ राम्रो बनाउँदै लैजान सक्छौँ। हाम्रा परम्परागत विधि, प्रविधिहरु उपयोगी हुन सक्छन्, तिनलाई आधुनिक प्रविधिसँग जोडेर अगाडि बढ्न सकिन्छ।”

उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रुपमा सबल बनाउने, पूर्वाधारको अभाव नहोस् भन्ने दिशामा सरकारले ध्यान दिइरहेको बताए। साथै, दक्ष जनशक्तिको विकास, गुणस्तरीय उपचार सुविधा विस्तार र बिरामीको संख्या न्यून गर्ने रणनीतिहरूको कार्यान्वयनमा सरकार गम्भीर रहेको पनि बताए।

प्रधानमन्त्री ओलीले पुराना मेथडोलोजी र चिकित्सा प्रणाली पनि अझै उपयोगी हुन सक्ने भन्दै तिनलाई आधुनिक रूपमा प्रस्तुत गर्न सकिने सुझाव दिए।

उनले भने, “हामीले सक्दैनौं भन्ने होइन, हामी सक्षम छौं। आवश्यकता छ त योजनाबद्ध रूपमा अगाडि बढ्ने। स्वास्थ्य विज्ञानको क्षेत्रमा नेपालले अझै धेरै योगदान दिन सक्छ।”

Leave a comment