
आज देशभर मनसुनी वायुको सक्रियता बढेकाले केही प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज दिनभर र राति पनि भारी वर्षा हुन सक्नेछ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानमा र पश्चिमतर्फ सरदर स्थानभन्दा अलि उत्तरतिर सक्रिय रहेको छ।
आजको प्रमुख मौसम विवरणः
- दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली
वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा र हिमपात सम्भावना - राति:
कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली, अन्यत्र आंशिक बदली
यिनै प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा
मधेस, वाग्मती र गण्डकीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
उच्च पहाडी र हिमाली भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना
महाशाखाको सतर्कता:
- बाढी, पहिरो तथा गेग्रान बहावको उच्च जोखिम
- सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा
- नदीनाला, खोलाहरूमा पानीको सतह बढ्न सक्ने
- जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने
- सर्वसाधारणलाई पूर्वतयारी र सतर्कता अपनाउन आग्रह