Join our Channel

कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर सरेको महाशाखाले जनाएको छ। यसका कारण दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान र तराईका केही भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने देखिएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।

महाशाखाले विशेषतः कोशी प्रदेश, मधेश प्रदेश र देशका अन्य भागहरूमा मनसुन थप सक्रिय हुने संकेत देखिएकोले सर्वसाधारण, यातायात, कृषि, उद्धार तथा निर्माणसँग सम्बन्धित निकायहरूलाई पछिल्लो मौसमको जानकारी लिइ सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a comment