
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोष्टबाट तीन जना भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बुधबार भारतको मोतीहारीबाट काठमाडौंतर्फ गइरहेको बीएल ०१ डब्लु १४०४ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा लागूऔषध बरामद भएको हो।
प्रहरीले कार जाँच गर्ने क्रममा २५ हजार ४५५ क्याप्सुल ट्रामाडोल र १२० बोतल ओनरेक्स फेला पारेको थियो। ती लागूऔषधहरू कारको डिक्कीमा फल्स बटम बनाइ लुकाएर ल्याइएको बताइएको छ।
पक्राउ पर्नेमा भारत, बिहार राज्य अन्तर्गत मोतीहारी जिल्लाका:
- उपेन्द्र यादव (२६ वर्ष)
- सञ्जितकुमार यादव (२२ वर्ष)
- सिकिन्दर महतो (३५ वर्ष) रहेका छन्।
प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जनाएको छ।