Join our Channel

नेप्से फेरि स्थिर, २६ सय अंकमै अड्कियो | कारोबारमा सुधार देखियो

नेप्से फेरि स्थिर, २६ सय अंकमै अड्कियो | कारोबारमा सुधार देखियो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि २६ सय अंक वरिपरि नै अडिएको छ। आज परिसूचक ०.३३ अंकले घट्दै २ हजार ६ सय दशमलव २० अंकमा थामिएको हो। अघिल्लो दिनको तुलनामा यो ०.०१ प्रतिशतले कम हो।

नेप्से पछिल्ला तीन दिनदेखि २६ सय अंकको वरिपरि नै स्थिर देखिएको छ, जसले लगानीकर्तामाझ पर्ख र हेरको अवस्था झल्काउँछ।

बुधबार ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ। एक कम्पनीको सेयर मूल्य भने स्थिर नै रह्यो।

सेयर बजारमा कुल ६१ हजार ८२४ पटकको कारोबार भयो जसमा १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँ पुगेको छ, जुन मंगलबारको ५ अर्ब ७६ करोड रुपैयाँको तुलनामा केही वृद्धि हो।

आज कारोबार भएका १३ वटा उपसमूहमध्ये बैंकिङ, वित्त कम्पनी, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, व्यापार र अन्य समूहको परिसूचकमा गिरावट आएको छ। बाँकी उपसमूहहरूको परिसूचक भने बढेको देखिएको छ।

सेयर बजारमा स्थिरता कायम रहे पनि कारोबार रकममा देखिएको वृद्धि उत्साहजनक मानिएको छ। विशेषज्ञहरूका अनुसार आगामी दिनमा नीतिगत स्पष्टता र लगानीकर्ताको मनोबलले बजारको दिशा निर्धारण गर्नेछ।

Leave a comment