
मकवानपुर जिल्ला प्रशासन कार्यालयले हेटौंडा–काठमाडौं जोड्ने दुई प्रमुख सडक खण्डमा आजदेखि तीन दिनसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार असोज २० गतेसम्म सम्भावित भारी वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो।
निर्धारित समय अनुसार:
- हेटौंडा–ललितपुर (कान्तिलोकपथमार्ग) : बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म रोक
- हेटौंडा–भैंसे हुँदै काठमाडौं : बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म रोक
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातको समयमा यात्रा नगर्न अपिल गरेको छ।