Join our Channel

काठमाडौँ उपत्यकाको जनजीवन सामान्यतर्फ, सेनाको निगरानी कडा

काठमाडौँ उपत्यकाको जनजीवन सामान्यतर्फ, सेनाको निगरानी कडा

अराजक गतिविधि र प्रदर्शनका कारण अस्तव्यस्त बनेको काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भइरहेको छ। नेपाली सेनासहितका सुरक्षा फौज परिचालन भएपछि यहाँको सुरक्षाप्रति विश्वास बढेको छ।

नेपाली सेनाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरमै बस्न आग्रह गरेको छ। साथै, ऐतिहासिक, सामाजिक, धार्मिक स्थल र व्यक्तिगत सम्पत्तिको सुरक्षामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

सेनाले अवाञ्छित गतिविधि हुन लागेको थाहा पाएमा तत्काल जानकारी दिन पनि आग्रह गरेको छ।

हाल काठमाडौँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ, यद्यपि मानिस र सवारीसाधनको चहलपहल न्यून छ। प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा लगाएको आगो निभाउने कार्यमा सुरक्षाकर्मी सक्रिय रहेका छन्।

Leave a comment