Join our Channel

इरानमा सत्ता परिवर्तनको संकेत: ट्रम्पको अभिव्यक्तिले अन्तर्राष्ट्रिय सरगर्मी

इरानमा सत्ता परिवर्तनको संकेत: ट्रम्पको अभिव्यक्तिले अन्तर्राष्ट्रिय सरगर्मी
Getty Images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको सफल सैन्य कारबाहीपछि तेहरानमा सत्ता परिवर्तनको संकेत दिएका छन्। उनले इरानको वर्तमान नेतृत्व देशलाई “फेरि महान बनाउन असमर्थ” रहेको भन्दै परिवर्तनको आवश्यकता औंल्याएका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ मा लेख्दै भनेका छन्,

“सत्ता परिवर्तन शब्द राजनीतिक रूपमा उचित नहुन सक्छ, तर इरानलाई महान बनाउन वर्तमान सरकारले असफलता देखाएको छ भने परिवर्तन आवश्यक हुन सक्छ।”

अमेरिकाले हालै इरानका मुख्य तीन परमाणु केन्द्रहरू — फोर्दो, नतान्जएस्फाहन — मा लक्षित बम आक्रमण गरेको पुष्टि भएको छ। यस आक्रमणले अन्तर्राष्ट्रिय राजनीति र सुरक्षा क्षेत्रको ध्यान तानेको छ।

यद्यपि, अमेरिकी सरकारका शीर्ष नेताहरूले सत्ता परिवर्तन उद्देश्य नभएको स्पष्ट पार्ने प्रयास गरेका छन्।

अमेरिकी रक्षामन्त्री पीट हेगसेथले आइतबार पत्रकार सम्मेलनमा भने,

“यो मिसन सत्ता परिवर्तनका लागि होइन। हामीसँग यस्तो कुनै हालको लक्ष्य छैन।”

यस्तै, अमेरिकी उपराष्ट्रपति जेडी वेन्सले ABC News सँगको अन्तर्वार्तामा भने,

“हाम्रो प्राथमिकता इरानको आणविक कार्यक्रमलाई रोक्नु हो, सत्ता परिवर्तन होइन।”

ट्रम्पको अभिव्यक्तिले इरान–अमेरिका सम्बन्धमा नयाँ मोड ल्याएको छ। एकातिर सत्ताको स्थायित्वको बहस, अर्कातिर आणविक कार्यक्रममाथि कडा कारबाही — यी सबैले इरानमा अस्थिरता र विश्व राजनीतिमा प्रभाव पार्न सक्छ।

Leave a comment