
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले हालका राजनीतिक दलहरू विघटनको दिशामा पुगेको भन्दै अब पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गर्नुपर्ने बताएका छन्।
जेन–जी आन्दोलनपछिको राजनीतिक घटनाक्रमबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भने,
“संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन्। अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार गम्भीर आत्म समीक्षा सहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गरौँ।”
शर्माको भनाइ अनुसार मुलुकमा नयाँ राजनीतिक संरचना र विचार निर्माणको आवश्यकता देखिएको छ। उनले दलहरूमा सुधार नगरेसम्म जनताको भरोसा पुनः कायम नहुने चेतावनीसमेत दिएका छन्।