
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जुम्ला जिल्लाका सबै ८ वटा स्थानीय तहले समयमै बजेट सार्वजनिक गरेका छन्। कुल बजेट रकम ३ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ रहेको छ।
यस वर्ष चन्दननाथ नगरपालिकाले सबैभन्दा बढी ६१ करोड ३२ लाख ९२ हजार रुपैयाँको बजेट ल्याएको छ।
त्यस्तै, सात वटै गाउँपालिकाले पनि आ-आफ्नो बजेट सार्वजनिक गरेका छन्, जसमा:
- तातोपानी गाउँपालिका: ५१ करोड ५९ लाख ८२ हजार
- तिला गाउँपालिका: ५१ करोड ३९ लाख ७९ हजार
- हिमा गाउँपालिका: ४० करोड २ लाख ७५ हजार
- सिञ्जा गाउँपालिका: ४७ करोड २२ लाख ३५ हजार
- कनकासुन्दरी गाउँपालिका: ४९ करोड ७१ लाख ७३ हजार ९९६
- पातारासी गाउँपालिका: ४३ करोड ५८ लाख ४१ हजार
- गुठिचौर गाउँपालिका: ३४ करोड ७९ लाख २५ हजार ९७० रुपैयाँ १९ पैसा
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ अनुसार असार १० भित्र बजेट ल्याउने कानुनी व्यवस्था छ, जुन अनुसार यी सबै पालिकाले समयमै बजेट प्रस्तुत गरेका हुन्।
स्थानीय तहहरुले अब यी बजेटको प्रभावकारी कार्यान्वयनमार्फत जनताको सेवा, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रमा खर्च गर्ने तयारी गरेका छन्।