Join our Channel

असार १५ गते कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा, जुल्लामा मात्र कार्यालय खुल्ला

असार १५ गते कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा, जुल्लामा मात्र कार्यालय खुल्ला

कर्णाली प्रदेश सरकारको निर्णय अनुसार यस वर्षको असार १५ गते कर्णाली प्रदेशका १० मध्ये ९ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ। जुम्ला बाहेकका सबै जिल्लामा बिदा लागू गरिनेछ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद्को चैत १७ गते (२०८१ साल) बसेको बैठकले उक्त निर्णय गरेको हो। प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको हो।

मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीका अनुसार, कर्णाली प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक संस्थाहरूमा उक्त दिन सार्वजनिक बिदा दिइनेछ। जुम्लामा भने कार्यालयहरू यथावत् खुला रहनेछन्

यस दिनलाई परम्परागत रूपमा “धान दिवस” अर्थात् असार १५ का रूपमा पनि मनाइन्छ, जसलाई नेपालको कृषि संस्कृतिसँग गहिरो सम्बन्ध राख्ने पर्व मानिन्छ।

Leave a comment