Join our Channel

काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह

काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दीपावलीको अवसरमा देउसीभैलो र अन्य पर्व गतिविधि गर्दा नागरिक सुरक्षा र कानुनी पालना गर्न आग्रह गरेको छ। प्रशासनले विशेषगरी राति ९ बजेपछि देउसीभैलो नगर्न अनुरोध गरेको छ।

सुरक्षा र सावधानीका मुख्य बुँदा

  1. दीपावली तथा देउसीभैलो:
    • मैनबत्ती र बिजुली प्रयोग गर्दा सावधानी अपनाउने।
    • पटाका, भुइँचम्पा वा अन्य आगलागी हुने पदार्थको खरिद, बिक्री, ढुवानी र प्रयोग नगर्ने।
    • कार्यक्रम बेलुका ९ बजेसम्म मात्र सीमित राख्ने।
    • सार्वजनिक सडक मार्गमा कार्यक्रम राख्न नपाइने।
  2. सार्वजनिक सुरक्षा:
    • घर खाली हुँदा छिमेकीलाई जानकारी दिने।
    • शंकास्पद व्यक्ति आए प्रहरीमा खबर गर्ने।
    • अत्यावश्यक वस्तुमा कृत्रिम अभाव, कालोबजारी, म्याद नाघेका वस्तु विक्री नगर्ने।
  3. सवारी सुरक्षा:
    • सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने।
    • मादक पदार्थ सेवन गरी सवारी नचलाउने।
    • तोकिएको भाडादर भन्दा बढी भाडा नलिने।
    • ट्राफिक नियम पालना गर्ने।
  4. अन्य गैरकानुनी गतिविधि:
    • चिठ्ठा, जुवा, अनलाइन सपिङका नाममा हुने अवैध कारोवार।
    • विद्युतीय माध्यमबाट हुने ठगीबाट सावधान।

प्रशासनले सुरक्षित, अनुशासित र व्यवस्थित दीपावली मनाउन सबै नागरिकलाई आग्रह गरेको छ। मुख्य उद्देश्य सार्वजनिक सुरक्षा, आगलागी जोखिम न्यून गर्नु र ट्राफिक व्यवस्थापन सुनिश्चित गर्नु हो।

Leave a comment