Join our Channel

राति १० बजे सूचना जारी गर्दै जिल्ला प्रशासनले भन्यो : सोमबार बिहान १० बजे सबै कार्यालय खोल्नू

राति १० बजे सूचना जारी गर्दै जिल्ला प्रशासनले भन्यो : सोमबार बिहान १० बजे सबै कार्यालय खोल्नू

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारको सार्वजनिक बिदा खारेज गरेको छ।
आइतबार राति १० बजे सूचना जारी गर्दै, सोमबार बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूमा सेवा प्रवाह पुनः सुरु गर्न निर्देशन दिएको हो।

यसअघि, लगातारको वर्षा र विपद् जोखिमका कारण गृह मन्त्रालयले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, आइतबार साँझ मन्त्रालयले पुनः स्पष्टिकरण गर्दै, विपद् जोखिम प्रतिकार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएपछि, काठमाडौं प्रशासनले बिदा खारेज गरेको हो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ —

“विगत २ दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको र उद्धार एवं राहत कार्यमा जुट्नुपर्ने अवस्थाका कारण असोज १९ र २० गते सार्वजनिक बिदा भनिएकोमा, हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको हुँदा सोमबार बिहान १० बजेदेखि काठमाडौं जिल्लाका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू खुला रहनेछन्।”

त्यसअनुसार, सबै कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

राति १० बजे सूचना जारी गर्दै जिल्ला प्रशासनले भन्यो : सोमबार बिहान १० बजे सबै कार्यालय खोल्नू

Leave a comment