
काठमाडौं, – उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका नदीहरू सफा गर्न आगामी आर्थिक वर्षमा ३ अर्ब ४२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।
बागमती करिडोर क्षेत्रको वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री सिंहले बागमती, विष्णुमती, धोबीखोला लगायतका प्रमुख नदीहरूलाई ढलमुक्त र स्वच्छ बनाउन सरकारले प्राथमिकता दिएको बताए।
उनले भने, “बागमतीलाई सफा र जीवन्त बनाउने काममा म मन्त्रालय सम्हालेको दिनदेखि नै सक्रिय छु।”
सडक स्तरोन्नति र वातावरण संरक्षणमा जोड
सहरी विकास मन्त्रालयले करिडोर सडकहरूको स्तरोन्नति र हरियाली प्रवर्द्धनलाई समेत जोड दिँदै वातावरण संरक्षणलाई सबैको साझा जिम्मेवारी भन्दै सबैलाई सहभागी हुन आग्रह गरेका छन्।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले गोकर्णेश्वर नगरका लागि मात्र ४० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भएकोमा उपप्रधानमन्त्री सिंहप्रति आभार व्यक्त गरे।