
देशभर हाल मनसुनी वायु र स्थानीय वायुको प्रभाव कमजोर भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमको स्थिति
- सबै प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
- तराईका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।
- कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान छ।
राति तिरको मौसम
- गण्डकी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भू–भागमा सामान्य बदली रहनेछ।
- कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।