
नेपाली सेनाले हालसम्म विभिन्न स्थानमा गरिएको सर्च अपरेसनमार्फत ७३ नाल हतियार बरामद गरेको जनाएको छ।
पछिल्लो जानकारीअनुसार, महाराजगञ्ज क्षेत्रमा लुटपाटमा संलग्न ४ जनालाई सेनाले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ७ नाल हतियार, म्यागजिन, राउण्ड, व्युनेटलगायतका एसेसरिज र व्यक्तिगत सामग्रीहरू बरामद गरिएको सेनाले जनाएको छ।
यसअघि पनि सेनाले देशका विभिन्न स्थानमा व्यापक सर्च अपरेसन सञ्चालन गरी ठूलो मात्रामा हतियार, नगद र लुटिएका सामान बरामद गर्दै आएको छ।
७३ नाल हतियार बरामद भएको यो संख्या हालसम्मको सबैभन्दा ठूलो रिपोर्टेड जब्ती हो। सेनाले अझै पनि विभिन्न क्षेत्रमा सुरक्षा निगरानी र खोजतलासी अभियान जारी राखेको जनाएको छ।