Join our Channel

फूल किसानको गुनासो : मखमली मालामा उचित मूल्य नपाएको, सरकारले तोकिदियोस्

फूल किसानको गुनासो : मखमली मालामा उचित मूल्य नपाएको, सरकारले तोकिदियोस्

स्थानीय किसानहरूले मखमली फूलको मालामा उचित मूल्य नपाएको गुनासो गरेका छन्। उनीहरूले मूल्य निर्धारण गर्न सरकारसँग माग समेत गरेका छन्।

किसान सहदेव बस्नेतका अनुसार, पछिल्लो वर्षको मेहनत अनुसार मालामा उचित मूल्य पाएका छैनन्। “१० वर्षअघि मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो, तर हाल प्रतिगोटा १८–२३ रुपैयाँमा मात्र बिक्री हुन्छ,” बस्नेतले भने।

किसान गंगा थापाले पनि मूल्य नपाएपछि नाफा नकमाउने समस्या औँल्याएकी छन्। उनले सरकारसँग “दशैंमा खसीको मूल्य जस्तै तिहारमा मखमली मालाको मूल्य निर्धारण गर्नुपर्छ” भनी माग गरेकी छिन्।

थापाले मखमली बीउ गुणस्तरीय नभएको र किरा धेरै लागेको पनि गुनासो गरिन्। अर्की किसान निर्मला बस्नेतका अनुसार, गत वर्षको तुलनामा यस वर्ष मालाको माग बढेको छ र व्यापारीहरूले घरमै आएर किनेर लगेका छन्।

स्थानीय किसान राधा थापा र अनिता बस्नेतले मालाको निश्चित मूल्य नहुँदा विचौलियालाई मात्र फाइदा पुग्ने र किसानले उचित मूल्य नपाउने समस्या उत्पन्न भएको बताएका छन्। उनीहरूको भनाइ छ, “सरकारले मखमली फूलको मूल्य निर्धारण गरी किसान र उपभोक्ताबीच सहुलियत सुनिश्चित गर्नुपर्छ।”

फूलको खेतीमा किसानहरूको आर्थीक अवस्था सुधार गर्न र उचित मूल्य सुनिश्चित गर्न सरकारको सक्रिय भूमिका आवश्यक देखिन्छ।

Leave a comment