Join our Channel

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि, चाँदी पनि बढ्यो

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि, चाँदी पनि बढ्यो

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, गत शुक्रबार एक तोला सुनको मूल्य २,३५,००० रुपैयाँ थियो भने आइतबार तीन हजारले बढेर २,३८,००० रुपैयाँ पुगेको छ।

त्यस्तै, एक तोला चाँदीको मूल्य शुक्रबार ३,०८५ रुपैयाँमा कारोबार भएको थियो भने आज ३,१२५ रुपैयाँमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य एक औँस ४,०१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। मूल्य वृद्धिका कारण सुन र चाँदीमा लगानी गर्ने तथा उपभोक्ताका लागि बजारमा असर पर्ने देखिन्छ।

Leave a comment