
जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले आजदेखि आयात–निर्यात सेवा पुनः सुरु गरेको छ।
सेवाको पुनःसञ्चालन
- गत भदौ २४ मा आन्दोलनकारीले भन्सार कार्यालयमा तोड़फोड र आगजनी गरेपछि आयात–निर्यात काम ठप्प भएको थियो।
- कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार, नयाँ कम्प्युटर, ल्यापटप, फर्निचर खरिद गरी आवश्यक अन्य उपकरणको व्यवस्था गरेपछि सेवा पुनः सुरु गरिएको हो।
- उनले भने, “भौतिक संरचना र सामानहरू जलेर बाँकी केही थिएन। नयाँ उपकरण र केही दाताको सहयोग पाएर आजदेखि काम सुरु गरेका छौं।”
उद्योग वाणिज्य सङ्घको पहल
- मेची उद्योग वाणिज्य सङ्घले भन्सार कार्यालय प्रमुख हरिहर पौडेललाई भेटेर सेवा पुनः सुरु गर्न आग्रह गरेको थियो।
- वाणिज्य सङ्घले जारी गरेको विज्ञप्तिमा सबै उद्योगी र व्यवसायीलाई चाडपर्व नजिकिएसँगै व्यवसाय पुरानै लयमा फर्काएर सञ्चालन गर्न अपिल गरिएको छ।
भद्रपुर भन्सार
- जेन–जी आन्दोलनका क्रममा दुवै भन्सारमा लुटपाट, तोडफोड र आगजनी भएपनि भद्रपुर भन्सार कार्यालयले आइतबारदेखि नै सेवा सञ्चालन गरेको छ।