Join our Channel

देशभर मनसुनी प्रभाव : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायु सक्रिय भइरहेकाले आज अधिकांश स्थानमा मौसम बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोदेखि रातिसम्म देशका धेरैजसो पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम तथा कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहितको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक भारी वर्षा हुन सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

यसका साथै, देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातसमेत हुने सम्भावना देखिएको छ।

आज राति पनि मौसम आंशिकदेखि साधारण बदली रहनेछ भने पहाडी क्षेत्रहरूमा मेघगर्जन र वर्षा हुने सम्भावना यथावत् रहने विभागको भनाइ छ।

सावधानी अपनाऔं:
भारी वर्षाका कारण बाढी, पहिरो र सवारी अवरोधजस्ता जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासनको सूचना पालना गर्न र आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरिएको छ।

Leave a comment