
मंगलबारदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) पुनः सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउँसो ३:३० बजेदेखि विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो।
विमानस्थल सुरक्षा समिति बैठकले सुरक्षा मूल्याङ्कनपछि हवाई सेवा पुनः सुरु गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको विज्ञप्तिमा भनिएको छ:
“हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर मात्र विमानस्थल आउनुहोला। साथै, आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात अनिवार्य साथमा राख्नुहोला।”
यससँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान क्रमशः पुनः सञ्चालनमा आउनेछ। यात्रुहरूले भने आफ्नो एयरलाइन कम्पनीसँग सम्पर्क गरेर अद्यावधिक समय तालिका बुझ्नुपर्नेछ।