Join our Channel

त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध

त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार मध्यान्ह १२ बजेसम्म कुनै पनि उडान नहुने भएको छ। मंगलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएकाले यात्रु प्रभावित भएका छन्।

विमानस्थल बन्द हुनुको कारण जेनजी आन्दोलन भएको जनाइएको छ। यसले गर्दा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै गन्तव्यमा वायुसेवा कम्पनीहरूले उडान स्थगित गरेका छन्।

वायुसेवा कम्पनीहरूले टिकट काटेका तर यात्रा गर्न नसकेका यात्रुलाई पूर्ण रकम फिर्ता गरिने जानकारी दिएका छन्।

देशको विषम परिस्थितिले गर्दा अहिले उडान योजना प्रभावित भएको र यात्रुलाई आवश्यक जानकारीका लागि वायुसेवा कम्पनीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

Leave a comment