
नेपाली सेनाले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हालको अस्थिर परिस्थितिको अनुचित फाइदा उठाउँदै लुटपाट गर्ने समूहलाई नियन्त्रणमा लिइएको हो।
निर्देशनालयका अनुसार भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
त्यस्तै, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्ने पाँचजनालाई समेत सेनाले नियन्त्रणमा लिएको जनाएको छ।
नेपाली सेनाले भनेको छ, “अराजक गतिविधि र अवाञ्छित घटनालाई नियन्त्रणमा लिन सेनाले निरन्तर निगरानी र कारबाहीलाई थप सशक्त बनाएको छ।”