
आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित भएकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ। बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मौसमविद्हरूले हावापानीको अवस्थालाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।