Join our Channel

तीन मन्त्रीको टुंगो: कुलमान घिसिङ ऊर्जा, रामेश्वर खनाल अर्थ, ओमप्रकाश अर्याल गृहमन्त्री

तीन मन्त्रीको टुंगो: कुलमान घिसिङ ऊर्जा, रामेश्वर खनाल अर्थ, ओमप्रकाश अर्याल गृहमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै तीन मन्त्रीको नाम टुंग्याएकी छिन्। बालुवाटार स्रोतका अनुसार मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी यसरी तोकिएको छ:

  • ओमप्रकाश अर्याल – गृह तथा कानुन मन्त्रालय
  • कुलमान घिसिङ – ऊर्जा मन्त्रालय
  • रामेश्वर खनाल – अर्थ मन्त्रालय

तीनैजना मन्त्रीको सोमबार शपथग्रहण हुने बताइएको छ।

रामेश्वर खनाल पूर्व अर्थसचिव हुन् भने कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। त्यस्तै, ओमप्रकाश अर्याल काठमाडौं महानगरपालिका मेयर **बालेन्द्र शाह (बालेन)**का कानुनी सल्लाहकारसमेत रहेका थिए।

यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार औपचारिक रूपमा अघि बढेको छ।

Leave a comment