Join our Channel

१६८ किलो गाँजासहित एक जना पक्राउ, प्रहरीको थप अनुसन्धान

१६८ किलो गाँजासहित एक जना पक्राउ, प्रहरीको थप अनुसन्धान

मकवानपुर प्रहरीले ठूलो मात्रामा गाँजासहित एक जनालाई पक्राउ गरेको छ। कैलाश गाउँपालिका–९ ठुलोवारीका ५५ वर्षीय अर्जुन रुम्वा प्रहरीको फन्दामा परेका हुन्। प्रहरीले उनको घरबाट १६८ किलो ३० ग्राम गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले गाँजा लुकाएर राखिएको सूचना पाएपछि रुम्वाको घरमा छापा मारेको थियो। प्रहरीका अनुसार रुम्वाले गोठभित्र गाँजाका पोका घाँस र स्याउलाले ढाकेर लुकाएको अवस्थामा फेला परेको हो।

पक्राउ परेका रुम्वालाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसअघि पनि सोही गाउँपालिकाबाट दुई दिनअघि प्रहरीले १ हजार ७४ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको थियो। मकवानपुर जिल्लामा पछिल्लो समय गाँजासम्बन्धी पक्राउ बढ्दै गएको देखिएको छ।

Leave a comment