Join our Channel

दाउन्ने सडकमा फेरि साना गाडी र बस चल्न थाले, ट्रक भने रोकिए

दाउन्ने सडकमा फेरि साना गाडी र बस चल्न थाले, ट्रक भने रोकिए

आइतबार बिहान परेको अविरल वर्षापछि अवरुद्ध भएको दाउन्ने सडकखण्डमा साना गाडी र यात्रुवाहक बसहरूको सञ्चालन पुनः सुरु गरिएको छ। दिउँसो १२ बजेदेखि सम्पूर्ण सवारी आवागमन बन्द भएपछि अहिले ट्रक र लरीलाई रोक्दै साना सवारीहरू सञ्चालनमा ल्याइएको हो।

पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, दुम्कीबास र बर्दघाटमा मालवाहक गाडी रोकिएपछि यात्रुवाहक बस र साना गाडीहरू चल्न थालेका हुन्। आइतबार दिउँसो साढे ३ बजेबाट सवारी सञ्चालन सम्भव भएको उनले जानकारी दिए।

दुम्कीबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर लामो दाउन्ने खण्डमा पानी परेपछि हिलो जमेर गाडी फस्ने समस्या बारम्बार दोहोरिँदै आएको छ। चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले उक्त सडकको स्तरोन्नति कार्य ६ वर्षअघिदेखि लिएको भए पनि अहिलेसम्म काम सम्पन्न गर्न सकेको छैन।

सडकको गुणस्तर सुधार नहुँदासम्म यातायात अवरुद्ध हुने समस्याले यात्रुहरूलाई दैनिक हैरानी हुने देखिन्छ।

Leave a comment