Join our Channel

नयाँ सरकारसँग सहकार्य गर्न तयार बैंकिङ क्षेत्र : सिबिफिन

नयाँ सरकारसँग सहकार्य गर्न तयार बैंकिङ क्षेत्र : सिबिफिन

बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले नयाँ सरकारसँग हातेमालो गरेर अघि बढ्ने जनाएको छ।

परिसंघले जेनजी आन्दोलनका कारण उत्पन्न विक्षिप्त अवस्थापछि निजी क्षेत्रलाई फेरि सक्रिय बनाउन सरकारले शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिएको छ। साथै मुलुकभित्रै लगानी, व्यवसाय र रोजगारीका अवसर सिर्जना हुने वातावरण बनाउन आग्रह गरिएको छ।

सिबिफिनको धारणा
सिबिफिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–

  • “नवगठित सरकारले कुनै कसर बाँकी नराख्नेछ भन्ने विश्वास हामीलाई छ।”
  • “बैंक तथा वित्तीय संस्था अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासका संवाहकका रूपमा सबल र जिम्मेवार छन्।”
  • “गलत मनसायसहित वित्तीय क्षेत्रलाई कमजोर बनाउन खोज्ने तत्त्वहरूविरुद्ध सजग रहनु जरुरी छ।”

जेनजी आन्दोलनपछिको अवस्था
विज्ञप्तिमा सिबिफिनले पछिल्लो जेनजी अभियन्ताको आह्वानमा भएको आन्दोलनले मुलुकलाई गम्भीर संकटमा धकेलेको उल्लेख गरेको छ। तर अन्तरिम सरकारको गठनसँगै स्थिति क्रमशः शान्त र सामान्यतर्फ फर्किरहेको विश्वास व्यक्त गरिएको छ।

सिबिफिनले विगतको महाभूकम्प र कोभिड–१९ संकटपछि अर्थतन्त्रले गति लिन थालेको बेला पुनः आक्रमण र तोडफोडबाट सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा ठूलो क्षति भएकोमा चिन्ता व्यक्त गरेको छ।

परिसंघको अपेक्षा
अबको चुनौतीलाई अवसरमा बदल्दै नयाँ सरकारले निजी क्षेत्रमा आशा, ऊर्जा र उत्साह जगाउने नीतिहरू ल्याउने विश्वास परिसंघले व्यक्त गरेको छ।

Leave a comment