Join our Channel

‘सितारे जमिन पर’ सय करोड क्लबमा, आमिर खानको कमब्याक सफल

‘सितारे जमिन पर’ सय करोड क्लबमा, आमिर खानको कमब्याक सफल

बलिउड अभिनेता आमिर खान अभिनीत फिल्म ‘सितारे जमिन पर’ ले प्रदर्शनको नौ दिनभित्र १०८.३० करोड रुपैयाँ कमाउँदै बक्स अफिसमा सय करोड क्लबमा प्रवेश गरेको छ।

‘लाल सिंह चड्डा’ को असफलतापछि केही समय फिल्मी दुनियाँबाट टाढिएका आमिरले यही फिल्ममार्फत कमब्याक गरेका हुन्। यो सफलताले आमिरको करियरमा पुनः आशा जगाएको छ।

जुन २० मा रिलिज भएको यो फिल्मले पहिलो दिनमै १०.७ करोडको व्यापार गर्न सफल भएको थियो। त्यसयता फिल्मको कमाइमा उल्लेखनीय वृद्धि हुँदै गएको देखिन्छ।

पहिलो सातामै फिल्मले ८८.९ करोड रुपैयाँ कमाएको थियो भने, दोस्रो हप्ताको शुक्रबार ६.६५ करोड र शनिबार १२.७५ करोड रुपैयाँ आम्दानी गरेको छ। आइतबार सार्वजनिक बिदाका कारण फिल्मको कमाइ अझै बढ्ने अनुमान गरिएको छ।

फिल्मको निर्देशन आर.एस. प्रसन्नाले गरेका हुन् भने आमिरसँगै जेनेलिया देशमुख प्रमुख भूमिकामा देखिएकी छन्।

Leave a comment